अन्तर्राष्ट्रिय

‘प्रधानमन्त्री ट्रुडोको आरोप अकल्पनीय’

२ असोज, एजेन्सी । क्यानाडास्थित कार्लटन विश्वविद्यालयका प्राध्यापक एवं विदेश नीति विशेषज्ञ विवेक देहेजियाले मङ्गलबार क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतविरुद्ध अकल्पनीय आरोप लगाएको र त्यसको विश्वसनीयता शून्यप्राय : भएका टिप्पणी गरेका छन् ।

“हामीले सबुद–प्रमाण नदेखेसम्म प्राप्त जानकारीलाई आँखा चिम्लेर सत्य मान्न नसकिने बताउँदै प्राध्यापक देहेजियाले लोकतन्त्रमा विश्वास गर्ने विकसित पश्चिमा देशको नेताले स्वतन्त्र भारतको इतिहासमा यस किसिमको आरोप पहिलो पटक लगाएको बताउँदै यसअघि यति उच्चस्तरमा भारतले क्यानडाको आन्तरिक मामिलामा षड्यन्त्र गरेको नसुनेको जनाएका छन् ।