५ असोज, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले शिक्षकका मागहरु तुरुन्त सम्बोधन गरौं भनेका छन् ।
डा कोईरालाले सामाजिक संजालमा लेख्दै कानूनी रुपमा शिक्षा क्षेत्र सबल गराउन शिक्षकहरुको भूमिकाको उच्च मुल्यांकन गर्दै विधेयकमा आवश्यक प्रावधान समेटौं र यो आन्दोलन आजै सहमतिमा टुंग्याउँ भन्ने आह्वान्समेत गरेका छन् ।
उनको स्टाटस्ः
शिक्षकहरुका मागहरु केही व्यवहारिक, कानूनी र संवैधानिक छन् । दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनुपर्छ । ब्यवहारिक कारणले त्यसो हुन सकेको देखिन्न । यस्ता मागहरु तुरुन्त सम्बोधन गरौं । कानूनी रुपमा शिक्षा क्षेत्र सबल गराउन शिक्षकहरुको भूमिकाको उच्च मुल्यांकन गर्दै विधेयकमा आवश्यक प्रावधान समेटौं र यो आन्दोलन आजै सहमतिमा टुंग्याउँ ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रमोर्चामा रहनुभएका शिक्षकहरु आज बिद्यालय बन्द गरेर आफ्नो अधिकारका लागि सडकमा आउँन बाध्य हुनु दुर्भाग्य हो ।
यस्ता संवेदनशील बिषयमा सरकार जिम्मेवार बनोस र तुरुन्त समस्या समाधान गरोस ।
