समाचार

फिल्म ‘प्रसाद २’ का निर्देशक सुदर्शन थापा र सम्पादक श्रेष्ठविरुद्ध पक्राउ पुर्जी

२१ असोज, काठमाडौँ । फिल्म ‘प्रसाद २’ का निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

थापा र श्रेष्ठले फिल्म आफ्नो मन्जुरीबिना देश तथा विदेशमा प्रदर्शन गरेर करोड ठगि गरेको भन्दै फिल्मका निर्माता सुवास बस्नेत र ज्याक श्रेष्ठले उजुरी दिएका हुन् ।

प्रहरीका अनुसार आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेको भनेर निर्माता बस्नेत र श्रेष्ठले तीन जनाकोविरुद्ध उजुरी दिएका हुन् । जाहेरीमा उल्लेख तीन जनामध्ये एक ओएसआर डिजिटलका सञ्चाल ओमप्रकाश अग्रवाल भने शुक्रबार पक्राउ परेका छन् ।