समाचार

इजरायलमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सार्ने उपाय खोज्ने परराष्ट्र मन्त्रालयको निर्णय

२२ असोज, काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीहरुलाई सुरक्षित स्थानमा सार्ने उपाय खोज्ने निर्णय गरेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा गठित समन्वय संयन्त्रको बैठकले नेपालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय गरेको हो । प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा परेर ज्यान गुमाएका १० जना नेपालीको शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय समेत भएको मन्त्रालयले छ ।