राजनीति

अख्तियारमा नियुक्ति प्रक्रिया त्रुटिपूर्ण छ : महामन्त्री थापा

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अख्तियारमा नियुक्ति प्रक्रिया नै त्रुटिपूर्ण रहेको टिप्पणी गरेका छन् ।

बुधबार अख्तियार दुरुपायोग अनुसन्धान आयोग सम्बन्धी विधेयक माथिको छलफलका क्रममा महामन्त्री थापाले अख्तियारमा नियुक्ति प्रक्रियामा दलगत हस्तक्षेप हुन नहुने बताए । त्यस्तै, उनले अख्तियार पदाधिकारी नियुक्तिमा दलगत भागवण्डाले गर्दा जरामै समस्या रहेको बताए ।

दलगत हस्तक्षेप गर्दा पछिल्लो समय अदालत समेत तानिने र मुछिने अवस्था बनेको भन्दै उनले भने, “नियुक्तिकको मापदण्ड, यसको प्रक्रियालाई नबदलिकन यसले परिणाम दिँदैन ।”

क्षेत्राधिकारमा ‘अनुचित कार्य’को सम्बन्धमा त्यसको व्याख्या स्पष्ट विधेयकमा खुल्नुपर्ने थापाले बताए । राष्ट्रिय सर्तकर्ता केन्द्रलाई पनि अख्तियार अनुसन्धान आयोग भित्रै ल्याएर अनुचित कार्य हेर्ने गरि व्यवस्था गर्न तर्क थापाले राखे ।