१२ कात्तिक, बिदुर, नुवाकाेट । आचार्य बन्धु समाज नेपाल नुवाकोट जिल्ला अधिवेशनको कात्तिक १८ गते शनिबार बिदुर नगरपालीकामा हुने भएको छ ।
आचार्य समाज बन्धु समाज नेपाल नुवाकोटका संयोजक राज कुमार आचायले नुवाकोटका १२ वटै स्थानीय तहका कौडिन्य गोत्रीय आचार्य बन्धुहरुलाई समाजको अधिवेशनमा निम्ता गरिएको जानकारी दिए । उनले नुवाकोटका १२ वटै स्थानीय तहका बन्धुहरुलाई उपस्थितिका लागि आह्वान गरेका छन् ।
बागमती प्रदेश अन्तर्गत रहेका १३ जिल्ला मध्ये ऐतिहाशिक जिल्लाको रुपमा चिनिने नुवाकोटमा आचार्यहरुको उपस्थिति ब्यापक हुने अनुमान संयोजक आचार्यको छ ।
बागमतीका अधिकाँस जिल्लाको अधिवेशन सम्पन्न भईसकेको र बाँकीमा छिट्टै सम्पन्न हुने केन्द्रीय महासचिव शुभनराज आचार्यले बताए ।
दशैँअगाडी सिंधुली जिल्ला अधिवेशन सम्पन्न गरिएको भन्दै समाजले बागमतीलगायत देशभरका ७७ वटै जिल्ला, ७ प्रदेश र आवश्यक परेमा स्थानीय तहमासमेत आचार्य बन्धु समाज नेपाल गठन गरेर अगाडीबढ्ने र अधिवेशन नभएकामा अधिवेशन गर्ने कार्यक्रम रहेको केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले बताए ।
नुवाकोट जिल्ला अधिवेशनमा निर्बाचित पदाधिकारी तथा सदस्यहरू सदस्यहरूलाई निबार्चित प्रमाणपत्रको हस्तान्तरणको कार्यक्रमसमेत रहेको नुवाकोट जिल्ला कार्यसमितिले जनाएको छ ।





