समाचार

भूकम्प अपडेटः रुकुमपश्चिममा मृत्यु हुनेको सङ्ख्या एक सय ४३ जना पुग्यो

१८ कात्तिक, रुकुम । रुकुम पश्चिममा भूकम्पमा परी अहिलेसम्म एक सय ४३ जनाको मृत्यु भएको छ । घाईतेको सख्या १६६ पुगेको बताईएको छ ।

जिल्ला अस्पताल सल्ले र नगर अस्पताल आठबिसकोटबाट गरेर ३० जना उपचारपछि घर फर्किएका छन् । चालिस जनाको जिल्लामै र गम्भीर घाइते भएका १५ जनालाई थप उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको प्रहरी प्रमुख भट्टराईले जानकारी दिए । भूकम्पमा परी बेपत्ताको खोजी जारी रहेकाले थप घाइते र मृत्युको सङ्ख्या बढ्नसक्ने उनको भनाइ छ । यसैगरी घाईते ७ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको बताईएको छ ।

जाजरकोटको रामीडाँडामा शुक्रबार राति ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । सोही भूकम्पका कारण रुकुमपश्चिममा पनि ठूलो मानवीय क्षतिसँगै भौतिक संरचनामा क्षति पुगेको छ । राती गएको भूकम्पका कारण देश नै अहिले शोकमग्न भएको देखिएको छ ।