५ मङ्सिर, काठमाडौँ । लाइन्स क्लव अफ काठमाडौं टुगेदर फरइभरले भूकम्पपीडितका लागि २० हजार एक सय सहयोग गरेको छ । सेवा नै धर्म हो भनि लायन्स क्लव अफ काठमाडौं टुगेदर फरभईभरले रत्तदान कार्यक्रमलगायतका बिभिन्न कार्यक्रमहरु गर्दैआईरहेको छ ।
क्लवले आन्तरिक रुपमा लाइन्स लिडरहरुबाट संकलन गरिएको रकम क्लवका चार्टर्ड प्रेसिडेन्ट लायन लता शाह चन्दले डिष्ट्रिक्ट ३२५ एमका डिष्ट्रिक को-चिफ एडभाईजर लायन लीला खरेललाई चेकमार्फत हस्तान्तरण गरिएको हो ।
फष्ट भाईस प्रेसिडेन्ट लायन बाबुराम आचार्यको संयोजकत्वमा क्लवले रुकुम–जाँजरकोट भूकम्पपीडितलाई सहयोग गर्न समिति बनाएको थियो । १७ गते कात्तिकमा जाँजरकोट–रुकुममा गएको भूकम्पमा डेढसय मानिसको ज्यान गएको र धेरै सयाै घाईते भएका थिए ।
