सामाजिक सञ्जाल

दुर्गा प्रसाईलाई घरभित्रै प्रहरीले बन्धक बनाउनु लोकतन्त्रकै उपहाँस होः डा आचार्य

८ मंसिर, काठमाडौं । संबिधानबिद डा भीमार्जुन आचार्यले कसैलाई प्रहरी घेरामा बन्धक बनाउनु लोकतन्त्रको उपहास भएको टिप्पणी गरेका छन् ।
उनले ट्वीट गर्दै अभियान्ता दुर्गा प्रसाईँलाई आज आफ्नै घरमा बन्धक बनाईएकोप्रति दुःख ब्यक्र गर्दै उक्त बन्धक बनाउने कार्यको कडा आलोचना गरेका हुन् ।
हिजो बल्खुमा दुर्गा प्रसाईको आन्दोलन थियो भने महेश बस्नेतको तीनकुनेमा रहेको थियो । आज दुर्गा प्रसाईंको आन्दोलन तिनकुनेमा हुने भनिएपनि उक्त आन्दोलन हुनुभन्दा अगाडी नै प्रसाईलाई प्रहरीले ठूलै सुरक्षा घेराका बीच बन्धक बनाएको छ ।
डा आचार्यले उक्त बन्धक बनाउनु गलत भन्दै टिप्पणी गरेका हुन् ।

उनको ट्वीटः

शान्तिपूर्वक भेला हुने र बिरोध गर्ने स्वतन्त्रता संविधानले नै ग्यारेण्टी गरेको हक हो।कसैले निषेधित काम गर्छ भने जवाफदेही बनाउन सकिन्छ। तर, प्रहरी घेरामा कसैलाई घरभित्रै बन्धक बनाउनु लोकतन्त्र कै उपहास हो। फेरि तपाईहरू को यो लुटतन्त्र चुनाव सम्म त सुरक्षित नै छ, किन यति अतालिएको ?