प्रवास

जुम बैठकः जुत्तामा आचार्य लेखिएकोमा प्रतिबाद, आचार्य सेवा सदन निर्माणका लागि विश्वरभर बस्ने आचार्यहरुले साथ दिने

९ मंसिर, काठमडाौं । आचार्य बन्धु समाज नेपाल विदेश बिभागको बैठक जुममार्फत आज सम्पन्न भएको छ । समाजका विदेश बिभाग संयोजक डा शुरेस आचार्यको संयोजकत्वमा बसेको जुम बैठकको संयोजक आचार्य बन्धु समाज नेपालका विदेश बिभाग सदस्य एबम् संरक्षक कृष्ण आचार्यले गरेका थिए ।
अमेरिका, वेलायत, अष्ट्रेलीया, क्यानडा, युरोपलगायतका कौडिन्य गोत्रीय आचार्यहरुको उपस्थिति रहेको जुम बैठकमा आचार्य बन्धु समाज नेपालले ल्याएको काठमडौंमा निर्माण गर्न लागिएको आचार्य सदन निर्माण, जुत्तामा आचार्य लेखिएकेको बिरोध गर्ने, भूकम्पपीडितका लागि रकम तथा लत्ताकपडा संकलन, सदस्यता बृद्धि, बिश्वभर बस्ने आचार्यहरुलाई जोड्ने कार्य गर्ने कुरामा एकबद्धतान भएर पहिलो जुम बैठकको रुपमा समापन भएको छ ।
पत्रकार महासँघका पुर्व अध्यक्ष एबम् आचार्य समाजका विदेश बिभाग संसोजक डा शुरेस आचार्यले आगामी बैठक छिट्टै गर्न र सबैलाई समासँग बिस्तारै आबद्ध गराउन विश्वभर बस्ने आचार्य बन्धुहरुलाई बैठकमार्फत आह्वान गरे । समाजका संस्थापक केन्द्रीय सदस्य संजोग आचार्य, अग्रज आचार्य सरद आचार्यलगायत बिबिन्न लब्धप्रतिष्ठीत बन्धुहरुको उपस्थिति रहेको संयोजककर्ता कृष्ण आचार्यले जानकारी दिए । उनले आगामी डिसेम्परको पहिलो साता पुनः दोस्रो बैठक गरिने र उक्त बैठकमा सहभागीहरुको संख्या अझ बढाउने दृढता ब्यक्त गरे ।
समाजलाई मेरो हो भन्ने बनाउन सबै बिश्वभर बस्ने आचार्यहरुले भूमिका खेल्नुपर्ने बताउँदै अनावश्यक शंका गर्ने भन्दा पनि अग्रशर भएका काम गर्नुपर्ने समय आएका समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले बताए ।