राजनीति

पार्टी सभापति, पदाधिकारी, केन्द्रीय सदस्यहरु वडाबाटै जितेर महाधिवेशन लड्ने ब्यवस्था हुनुपर्छः नेता केसी

१० मंसिर, काठमाडौं । नेपाली काँग्रेस रुपान्तरण अभियानका अभियन्ताहरुबीच पहिलो र दोस्रो चरणको अभियान सफल भएको निष्कर्ष निकाल्दै महासमिति बैठकमा पुराना दलप्रति संघीयता प्रति, ७५३ वटा स्थानीय तहको संख्या बढी भएको प्रति, समानुपातिक प्रणालीप्रति बितृष्णा भएको प्रति काँग्रेस गम्भीर हुनुपर्ने बिषयमा कुराकानी भएको भन्दै पार्टी जनताका एजेण्डालाई लागू गर्ने कार्यमा एकढिक्का भएर केन्द्रीत हुँदै पार्टी महासमिति बैठकमा एजेण्डाको रुपमा राख्नुपर्ने बिषयमा बैठकमा छलफल भएको रुपान्तरण अभियानका नेता जगदीश्वरनरसिंह केसीले बताए ।
समानुपातिक प्रणाली लागू गर्ने भए एकपटक भन्दा बढी साँसद बन्न नपाउने ब्यवस्था माग गर्दै काँग्रेसको केन्द्रीय सभापति, पार्टी पदाधिकारी, केन्द्रीय समिति सदस्यहरु सबै क्षेत्रीय प्रतिनिधिमा वडाबाटै निर्बाचित हुनुपर्ने ब्यवस्था लागू गर्न माग गर्ने बिषयमा छलफल भएको नेता केसीले जनाए ।
उनले उक्त कार्य यो भन्दा अगाडीको महासमिति बैठकमा निर्णय भएपनि केन्द्रीय समितिले बिधान मिचेर अगाडि बढेकाले यसपटक कुनै हालतमा बिधानअनुसार अगाडी बढ्न दबाब दिने रुपान्तरण अभियानको एजेण्डा रहेको बताए । अभियानले संबिधानको धारा १७ अनुसार ब्यक्तीको हिँडडुल गर्ने स्वतन्त्रता, शान्तिपुर्ण बिरोध गर्ने स्वतन्त्रतालगायत नैशर्गीक अधिकारको सुनिश्चितता सरकारले गर्नुपर्ने भन्दै त्यसलाई नियन्त्रण गर्न खोज्नु सर्बसत्ताबाद, निरंकुश, एकदलीय अधिनायकबादतर्फ उन्मुख हुनु हो भन्ने अभियानले निष्कर्ष निकालेको नेता केसीले बताए । चार दर्जन बढी नेताहरु उपस्थित छलफल कार्यक्रममा सबैले आफ्नो बिचार राखेका थिए ।
छलफल कार्यक्रममा केन्द्रीय सदस्यहरु, पुर्व साँसदहरु, पुर्व सभापतिहरुलगायत काँग्रेसका महत्पूर्ण नेताहरु मधु आचार्य, नेता गुरुराज घिमिले, प्रा डा गोबिन्द पोख्रेल, डा अमृता प्रधान, तारा बहादुर कोईराला, बालचन्द्र पौडेल, जीवन डैगोल, बालकृष्ण थापा, डा शोभाकर पराजुली, भूपेन्द्रजंग शाही, तारा थपलीया, गोमा केसी, भरत खड्का क्षेत्री, सत्यराज भण्डारी, उत्तम मिश्र, मोहन बराललगायतको उपस्थिति थियो ।