गण्डकी प्रदेश

टुुक्रे योजनामा नअल्झिन मुुख्यमन्त्री पाण्डेको निर्देशन

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुुरेन्द्रराज पाण्डेले टुुक्रे योजनामा नअल्झिन भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतका कार्यालयहरुलाई निर्देशन दिएका छन् ।

म्याग्दीको घोडेपानीमा आज भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठक तथा चालुु आर्थिक वर्षको प्रथम चौमासिकको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुुुख्यमन्त्री पाण्डेले टुुक्रे योजनामा समय र श्रम खेर नफाल्न निर्देशन दिएका हुन् ।  

“सङ्घीय सरकारले प्रदेशलाई रु दुुई लाखसम्म बजेटका योजना कार्यान्वयन गर्न पठाएको छ । मैले प्रधानमन्त्री र सङ्घीय मन्त्रीहरुलाई पाँच–सात बजेटका साना योजना कार्यान्वयन गर्न सकिँदैन भनेको छुु,” उनले भने , “परिमाण नआउने साना र टुुक्रे योजनामा अल्झिएर समय र श्रम खेर नफाल्न भौतिक पूूर्वाधार र सिँचाइ मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएको छु ।”

प्रदेश सरकारको कूल बजेटको ३५ र पूँजीगत बजेटको ५५ प्रतिशत हिस्सा ओगटेको भौतिक मन्त्रालयको प्रगतिले समग्र प्रदेश सरकारको काम देखाउने भएकाले ८१ प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्यको कार्यान्वयन गर्न निर्देशन दिए । 

सङ्घीयता र प्रदेश सरकारप्रति उठेका प्रश्नको जवाफ काम गरेर देखाउनुुपर्ने चुुनौतीको सामना गर्न परिणाममुुखी काम गर्नुुपर्ने बताए । मुुख्यमन्त्री पाण्डेले कुुनै पनि बहानामा बजेट र योजना कार्यान्वयनमा ढिलासुस्ती तथा आलटाल गर्ने छुट नहुुने चेतावनी दिए ।