राजनीति

अर्जुननरसिंहको दाबीः एनसेल भ्रष्टाचार काण्ड राज्य र राजनीतिक शक्तिको हस्तक्षेप बिना सम्भव छैन

२२ मङ्सिर, काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले एनसेल भ्रष्टाचार काण्ड राज्य र राजनीतिक शक्तिको बरद हस्तक्षेपबिना सम्भव छैन भन्ने दाबी गरेका छन् ।

पुर्वमन्त्रीसमेत रहेका नेता केसीले कसैलाई चोक्याउन वा जोगाउने प्रयासको मुखौटो यो समिति नबनोस, मुलुकमाथि गद्धारी गर्ने कसैलाई उन्मुक्ती दिने काम नहोस् भन्दै सम्बन्धित पक्षलाई सचेत गराएका छन् ।
उनले भ्रष्टाचार बिरूद्ध निरंतर भाषणको प्रतिस्पर्धा हुन्छ तर ऐन मौकामा ‘त‌ पनि चुप म पनि चुप’ वाला वा नीति गत जामा पहिर्याएर उन्मुक्ति दिने र भ्रष्टाचारी संरक्षण गर्ने गज्जबको सहमति देखिदै आएकोछ भनेका छन् ।
नेता केसीले जुनसुकै ओहोदा, पार्टी र पक्षको भए पनि यो घटनाको सत्य तथ्य जन समक्ष ल्याउने र कारबाई गर्ने कार्यमा कुनै सम्झौता हुनु हुँदैन ‘प्रथम ग्रासे मक्षिका पातेूभने झै ५५ औँ महालेखा प्रतिवेदन तयार गर्दा एनसेलको विवरण हटाइएको चर्चा र अबिश्वाससंग यसको परिणाम नजोडियोस भन्ने तर्क गरेका छन् ।

उनको ट्वीटः
गम्भीर आर्थीक अपराध,भ्रस्टाचार वा राष्ट्रहित बिपरित घटेका घटनाहरु छानबिनको निमित्त समिति वा आयोगहरु त बन्छन् तर अपराधी चोख्याउने र सामसुम बनाउने नाटक मञ्चन मात्र हुन्छ भन्ने आम अबिश्वास छ। भ्रष्टाचार बिरूद्ध निरंतर भाषणको प्रतिस्पर्धा हुन्छ तर ऐन मौकामा ‘त पनि चुप म पनि चुप’ वाला वा नीति गत जामा पहिर्याएर उन्मुक्ति दिने र भ्रष्टाचारी संरक्षण गर्ने गज्जबको सहमति देखिदै आएकोछ। एनसेल भ्रष्टाचार काण्ड राज्य र राजनीतिक शक्तिको बरद हस्तक्षेपबिना सम्भव छैन। हालै संसदका समितिहरु, सडक, सञ्चार जगत र आम जनमानसमा एनसेल खरिद बिक्रीमा भएको अर्बौ (झण्डै खर्बौ)रुपैयाँ भ्रष्टाचारको बिरूद्धको जनमत लाई छल्ने मात्र प्रयास गरिदैछ भन्ने आम आशंका छ। जुनसुकै ओहोदा, पार्टी,र पक्षको भए पनि यो घटनाको सत्य तथ्य जन समक्ष ल्याउने र कारबाई गर्ने कार्यमा कुनै सम्झौता हुनु हुँदैन ‘प्रथम ग्रासे मक्षिका पातेूभने झै ५५ औँ महालेखा प्रतिवेदन तयार गर्दा एनसेलको विवरण हटाइएको चर्चा र अबिश्वाससंग यसको परिणाम नजोडियोस । कसैलाई चोक्याउन वा जोगाउने प्रयासको मुखौटो यो समिति नबनोस । मुलुकमाथि गद्धारी गर्ने कसैलाई उन्मुक्ती दिने काम नहोस्। अन्यथा यसलाई जनस्तर बाटै प्रतिरोध गर्नु जरूरी छ।