समाचार

एनसेलका लगानीकर्ता बिबादित ‘शतिशलाल आचार्य’ आचार्य होइनन्ः आचार्य समाज

२७ मंसिर, काठमाडौं । आचार्य समाजले एनसेलका लगानीकर्ता शतिशलाल आचार्य आचार्य नभएको बताएका छन् । समाजले आज एक विज्ञप्ती जारी गर्दै लगानीकर्ता आचार्य आफ्नो सदस्य नभएको बताउँदै उनलाई राज्यको कर तत्काल तिर्न अनुरोधसमेत गरेको छ ।
समाजको बैठकले ब्यावशायी आचार्यलाई कर तिर्न बुझाउन बाँकी भए पारदर्शी हिसावले देशको प्रचलित नियम कानून अनुसार कर चुक्ता गर्न आग्रह गर्दै राजनीतिक दल, सरकार लगायत जिम्बेवार निकायले समेत गलत कार्य गरेको भए सुसंस्ंकृत रुपमा खबरदारी गर्न हार्दिक आग्रह गरेको छ ।
समाजका प्रवक्ता रामहरी आचार्यले एक विज्ञप्ती जारी गर्दै एक जनप्रतिनिधिले आचार्य थरको बिषयमा खुला रुपमा थरकै बद्नाम हुनेगरी एनसेल संग जोडेपछि समाज विज्ञप्ती जारी गर्न बाध्य भएको बताएका छन् ।

समाजको बिज्ञप्तीः
बहुचर्चित एनसेलका लगानीकर्ता “शतिसलाल आचार्य”को आचार्य थर जोडिएर सामाजिक सञ्जाल, भिडियो लगायतमा नकारात्मक टिप्पणी भएको प्रति यस समाजको गम्भीर ध्यानाकर्षण भएको छ ।
एक जनप्रतिनिधिले आचार्य थरको बिषयमा खुला रुपमा थरकै बद्नाम हुनेगरी एनसेल संग जोडेपछि समाज विज्ञप्ती जारी गर्न बाध्य भएको हो । रेकर्ड अनुसार लगानीकर्ता आचार्य यस समाजको सदस्य नरहेको, प्रारम्भीक अध्ययन अनुसार निज आचार्य कौडिन्य गोत्रीय आचार्य नभएको पाईएको छ ।
अरबौं कर तिरेर प्रतिष्ठीत ब्यापारीको सूचीमा नाम लेखाउन सफल ब्यावशायी आचार्य पछिल्लो समय एक्जियाटाको ८० प्रतिशत सेयर समेत आफ्नो नाममा ल्याउँदा खरिद बिक्रीमा कर छलि गरेको आरोपमा बिबादित छन् ।
समाजको बैठकले ब्यावशायी आचार्यलाई कर तिर्न बुझाउन बाँकी भए पारदर्शी हिसावले देशको प्रचलित नियम कानून अनुसार कर चुक्ता गर्न आग्रह गर्दै राजनीतिक दल, सरकार लगायत जिम्बेवार निकायले समेत गलत कार्य गरेको भए सुसंस्ंकृत रुपमा खबरदारी गर्न हार्दिक आग्रह गरेको छ ।

                                     रामहरि आचार्य (९८५१२४०३०७)
                                                  प्रवक्ता