२७ मङ्सिर, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले उच्च शिक्षा सुधार गर्न अब ढिला गर्ने छुट हामीलाई छैन भनेका छन् ।
उनले आज सामाजिक सञ्जालमा लेख्दै, ‘हाम्रो उच्च शिक्षा अस्त–व्यस्त छ। त्यसको प्रमुख कारण हो शिक्षामा भएको दलियकरण र विश्वविद्यालय नियुक्तिमा भएको भागबन्डा हो। यसमा हामी सबै उत्तिकै दोषी छौँ। तर यसलाई अब सच्चाउन पर्छ’ भनेका छन् ।
उनको स्टाटस्ः
हाम्रो उच्च शिक्षा अस्त–व्यस्त छ। त्यसको प्रमुख कारण हो शिक्षामा भएको दलियकरण र विश्वविद्यालय नियुक्तिमा भएको भागबन्डा हो। यसमा हामी सबै उत्तिकै दोषी छौँ। तर यसलाई अब सच्चाउन पर्छ। उच्च शिक्षा सुधार र हाम्रा गल्ती सच्चाउने कुराको प्रस्थान बिन्दु हुन सक्छ देशकै जेठो र ठुलो त्रिभुवन विश्वविद्यालय र यसको उपकुलपति नियुक्ति !
अब त्रिभुवन विश्वाबिधालयको उपकुलपति लगायतका अन्य नियुक्ति भागबन्डा र स्वार्थका आधारमा होइन, विश्वविद्यालय र उच्च शिक्षा सुधार गर्न सक्ने ज्ञान, सिप, दक्षता, कार्य योजना भएको व्यक्तिलाई नियुक्ति गरौँ। यो कुरा मैले प्रधानमन्त्रीलाई भेटेर पनि भनेको छु।
हामीले अब पनि यसो गरेनौँ भने, धेरै ढिला हुनेछ। उच्च शिक्षा सुधार गर्न अब ढिला गर्ने छुट हामीलाई छैन।
