प्रदेश 2

बारामा पाँच लाख घुससहित एक वडाध्यक्ष पक्राउ

arrest

बारा, २ पुस- बारामा पाँच लाख घुससहित एक वडाध्यक्ष पक्राउ परेका छन् । जितपुर सिमरा नगरपालिका–३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको हो । कार्की रु पाँच लाख घुससहित पक्राउ परेका हुन् ।

वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घुसबापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए । उक्त घटनाबारे अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ । 

पक्राउ पर्नुभएका वडाअध्यक्ष नेकपा (एमाले) पार्टीबाट निर्वाचित भएका थिए । उनी एमाले मधेस प्रदेश कमिटीको सदस्य पदमा समेत रहेका थिए  ।