लुम्बिनी

बेवास्ताले लुम्बिनी पछाडि पर्याे : नेता शुक्ल

१४ पुस, लुम्बिनी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता तथा पूर्वशिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लले बुद्ध जन्मस्थल लुम्बिनी सांस्कृतिक केन्द्र हुँदाहुँदै राज्यको बेवास्ताले पछाडि परेको बताएका छन् ।

लोसपा नेपाल लुम्बिनी प्रदेश समितिको प्रथम प्रदेश सम्मेलनको आज भैरहवामा उद्घाटन गर्दै नेता शुक्लले विगतमा लुम्बिनीको विकासका लागि आएको बजेट काठमाडौँ वा अन्यत्र खर्च गरिएको टिप्पणी गरे । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा एसियाली विकास बैंक(एडिबी)को योगदान रहेको बताउँदै विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न एकीकृत योजना बनाउनुपर्नेमा जोड दिए ।

लोसपा लुम्बिनी प्रदेश अध्यक्ष, लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले नेतृत्व गर्ने व्यक्तिहरु सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए । मन्त्री पाण्डेयले लुम्बिनी प्रदेशलाई पर्यटनको प्रदेशको रुपमा विश्वमा चिनाउन र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका निम्ति लागिपरेको बताए ।