समाचार

राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू हुने

२ माघ, काठमाडौं । यहि माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गर्दै छ । आज मध्यरातबाट लागू हुने गरी राष्ट्रिय सभाको निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शि तथा भयमुक्त बनाउने उद्देश्यले निर्वाचन आयोगले आज मध्यरातबाट आचारसंहिता लागू गर्न लागेको हो ।

आजबाट लागू भएको आचारसंहिता संघीय सरकारदेखि प्रदेश सरकार, स्थानीय सरकार, गैरसरकारी क्षेत्रहरू र सबै राज्यका निकायहरूलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले आफ्नो कानुनी दायित्व निर्वाह गर्न पनि निर्वाचनको समयमा आचारसंहिता लागू गर्नुपर्ने हुन्छ।
तदान केन्द्र बन्द नहुन्जेलसम्म आचारसंहिता लागू हुने छ ।

आचारसंहिता लागू भएपछि भोट माग्न पाइँदैन । कुनै पनि प्रक्रारका अन्तरक्रिया, सम्मेलन, गोष्ठी, उदघाटन वा निर्वाचनसँग सम्बन्धित छलफल गर्न पनि पाइँदैन ।

सामाजिक सन्जाल, अनलाइन वा छापा माध्यमबाट पनि भोट माग्ने वा कुनै दल तथा उम्मेदवारको पक्ष(विपक्षमा सन्देश, सूचना वा समाचार राख्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।