३ माघ, काठमाडौं । नेपाली मिडिया अनइथिकल, अब्यबहारिक र गैरकानूनी रुपमा देखिएका छन् । नेपाली मिडियाको नेतृत्व गरेको अनलाईखबरले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई अफ्नै निवासमा मृत्यु भएको समाचार सम्प्रेशण भएको स्क्रिनसर्ट सामाजिक सञ्जालमा भाईरल भएको छ ।
अनलाईनखबरमा आएको उक्त समाचारमा काँग्रेस सभापति एबम् पुर्व प्रधनमन्त्री शेरबहादुर देउवाको बुढानिलकण्डस्थीत निवासमा निधन भएको भनिएको छ । उक्त समाचारको स्क्रिसर्ट सामाजिक सञ्जालमा भाईरल भएपनि अनलाईनखर तथा कुनैपनि प्रतिष्ठीत मिडियामा सभापति देउवाको बिषयमा उक्त समाचार प्रकाशन भएको देखिँदैन ।
मिडिया स्वत्त्र नभएका, इथिकल समाचार सम्प्रेशण गर्न नसकेका, गुणस्तरभन्दा पनि विज्ञापनका पछि मिडिया दौडेका, सामाजिक सञ्जाल जिम्मेवार हुन नसकेकालगायतका प्रश्नहरु आईरहेका बेला यस्ता प्रकारका समाचार तथा सामाजिक सञ्जालमा आईनुले झनै विश्वास घटाएको छ । प्रहरीले उक्त समाचार गलत भएको र त्यस्तो गर्नेलाई कानूनअनुसार कारबाही गरिने बताएको छ ।
अनलाइनखबरले समाचार हालेर हटाएको वा कसैले फोटो जोडेर बनाएको वा अन्य कुनै पुरानो वा जे भएपनि जिउँदो मानिसलाई मरेको बनाएर समाचार हाल्नेलाई कडा कारबही गर्नुपर्ने तर्कसकितका कमेन्टहरु आएका छन् । अनलाईनखबरले भने घर सरेकोलाई मरेको बनाएर तोडमोड गरि अनलाईनखबरको बदनाम गर्नखोजिएको स्पष्टिकरण दिएको छ ।

