आर्थिक

फोन पेले सुरु गर्यो सक्षम नारी अभियान

१५ फागुन, काठमाडौँ । फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्कले देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नो पछिल्लो अभियान “सक्षम नारी“ सुरु गरेको छ । यस अभियान द्वारा फोनपले आर्थिक वृद्धि र समृद्धिको लागि नारीहरुले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिई सबै वर्गका नारीहरुलाई डिजिटल भुक्तानीका माध्यममा शशक्त बनाउने कोसिस गरेको छ ।

फोनपेले नबिल र सानिमा बैंकसँगको सहकार्यमा यो अभियान सुरु गरेको हो । माघ २६ गतेदेखि सुरु भएको यो अभियान फागुन २८ गतेसम्म चल्नेछ ।

अभियानमा सहभागी हुन नबिल र सानिमा बैंकका महिला प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैंकिङ एप मार्फत अभियान अवधिभर कुनै पनि फोनपे सेवाहरू फोनपे QR, Fonepay Direct र Fonepay बिल प्रयोग गरि कम्तीमा ३ वटा कारोबार गर्नुपर्ने रहेको छ । नबिल बैंकका एकजना महिला प्रयोगकर्ताले अभियानको मापदण्ड पूरा गरेपछि श्री बालाजी डायमण्डबाट उत्कृष्ट हीरा सेट पाउनेछन्, साथै सानिमा बैंक र नबिल बैंकका १०० महिला प्रयोगकर्ताहरूले १ हजार को ग्यारेन्टी टप–अप जित्नेछन् ।

अभियानको उदेश्यका बारेमा बोल्दै फोनपेका Chief Strategy Officer सुबोध शर्माले भने, “सक्षम नारी अन्य नियमित अभियानहरू भन्दा फरक छ, यो महिलाहरूमा प्रविधि अपनाउन प्रोत्साहित गर्ने पहल हो । हाम्रो तथ्याङ्कले डिजिटल माध्यमबाट महिलाहरु माझ भुक्तानीको प्रयोग कम भएको देखिएको छ र यो अभियान मार्फत हामी यो स्वरुप परिवर्तन गर्न चाहन्छौँ । हामी आशा गर्दछौं कि यो अभियानले सबै क्षेत्रका महिलाहरूको जीवनमा सकारात्मक प्रभाव पार्नेछ ।“