सूचना प्रविधि

आचार्यहरुले समाजको सदस्यताको भुक्तानी तथा सहयोग अब क्युआर (QR code)बाट गर्न सक्ने

२८ फागुन, काठमाडौं । आचार्य बन्धु समाज नेपालले सबै प्रकारका भुक्तानी गर्न र डोनेशन गर्नका लागि आफ्नो क्युआर (QR code)सेवा शुरु गरेको छ ।  

हिमालयन बैंकमा रहेको खातामा क्युआरमार्फत गएको रकम जम्मा हुने छ । समाजले रकम दिनुपर्ने भएका  सबैलाई अबदेखी सकेसम्म खातामा जम्मा गर्न, अकाउण्ट पे चेक भुक्तानी दिन, तथा क्युआरबाट सीधै पे गर्न अनुरोध गरेको छ । समाजले सकेसम्म नगदी कारोबार नगर्ने रणनीतिअनुसार क्युआर सेवा स्थापना गरेको महासचिव शुभनराज आचार्यले जानकारी दिए । 

कौडिन्य गोत्रीय आचार्यहरुका लागि समाजको सदस्यता लिनु परेमा, समाजका कार्यक्रमहरुलाई सहयोग गर्नु परेमा इच्छुकहरुका लागि अबदेखी अनलाइन पेमेट क्युआरमार्फत पेमेट गर्न सकिने समाजका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिए । समाजले आईतबारबाट बैंकमार्फत क्युआर सुविधा प्राप्त गरेपछि आफ्नो सेवा स्थानीय स्तरसम्म सहज हुनेगरी सार्बजनिक गरेको छ । 

खातामा जम्मा गर्न इच्छुकहरुका लागि…
सदस्यता लिन (कौडिन्य गोत्रीय आचार्यहरुका लागिमात्र) सहयोग गर्न ईच्छुक बन्धुहरुका लागि

बैंक विवरणः

खातावालाको नामः आचार्य बन्धु समाज-नेपाल

खाता नम्बरः ०२७०४३२६४४००१३

बैंकः हिमालयन बैंक लिमिटेड, नयाँ बानेश्वर साखा।