गण्डकी प्रदेश

कुस्ती प्रवर्द्धन गर्न गण्डकी प्रदेशमा सङ्घ गठन

३० फागुन, गण्डकी । कुस्ती खेलको विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यले गण्डकी प्रदेशमा कुस्ती सङ्घ गठन भएको छ । पोखरामा आज सम्पन्न भेलाले उत्तरकुमार श्रेष्ठको अध्यक्षतामा सङ्घको कार्यसमिति गठन गरेको हो । सङ्घको उपाध्यक्षमा योगीता साहनी, सचिवमा दीपकप्रसाद पौडेल र कोषाध्यक्षमा डिल्लीराम सुवेदी रहेका छन् । सात सदस्यीय सङ्घको सदस्यमा दीपक बस्ताकोटी, खड्ग श्रेष्ठ र नम्रता गुरुङ रहेका छन् ।

नवगठित कार्यसमितिलाई बधाई दिँदै गण्डकी प्रदेशका पूर्वसांसद दीपक कोइरालाले खेलकुदको विकासका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

प्रदेश खेलकुद परिषद्का सदस्य केशव पाठकले गण्डकी प्रदेशमा कुस्ती सङ्घ गठन हुनुले प्रदेशको कुस्ती खेल विकासले गति लिने बताउँदै आगामी दशौँ राष्ट्रिय खेलकुदको तयारीमा जुट्न आग्रह गरे ।

नेपाल कुस्ती सङ्घका केन्द्रीय सदस्य नवीन आचार्यको अध्यक्षतामा भएको भेलामा शारीरिक सुगठन सङ्घका केन्द्रीय कोषाध्यक्ष बलराम सुवेदीले नवगठित समितिको सफलताको कामना गरेका थिए ।