सूचना प्रविधि

टेलिकमको एनटी फाइबर प्रयोग गर्दा दैनिक रुपमा मोबाइलमा डाटा प्रयोग गर्न सकिने

५ चैत, काठमाडौँ । नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक रुपमा मोबाइल डाटा प्रयोग गर्न सकिने छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबरका विभिन्न प्याकेज लिदा त्यसै अनुसारको मोबाइल डाटा उपलब्ध भएको हो ।

नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न प्याकेज मध्ये वार्षिक एफटीटीएच कम्बो प्याकेज र एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने प्रयोगकर्ताहरुले यो सुविधा उपयोग गर्न सकिने भएको छ ।

वार्षिक एफटीटीएच कम्बो प्याकेज अन्तर्गत ५० एमबीपीएस र १ सय एमबीपीएस डाटाका साथै १ एनटीटीभी र १ टेलिफोन प्रयोग गर्ने सेवाग्राहीले दैनिक रुपमा आफ्नो मोबाइलमा क्रमशः ६ सय एमबी र ८ सय एमबी डाटा प्रयोग गर्न सकिन्छ ।

एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने सेवाग्राहीलाई पनि त्यसै अनुसार मोबाइलमा समेत डाटा प्रयोग गर्न सकिने सुविधा उपलब्ध छ । यस अनुसार ५० एमबीपीएस, ७५ एमबीपीएस र १ सय एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ६ सय एमबी, ७ सय एमबी र ८ सय एमबी डाटा प्रयोग गर्न सकिन्छ भने १ सय ५० एमबीपीएस र २ सय एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ९ सय एमबी र १ हजार एमबी डाटा प्रयोग गर्न सकिने छ ।