समाचार

साझा रणनीति बनाउन काँग्रेससहितका बिपक्षी दलको बैठक

११ जेठ, काठमाडौं । नेपाली काँग्रेससहितका बिपक्षी दलहरुको बैठक काँग्रेस कार्यालयमा बसिरहेको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारीमा संलग्नतामा संसदीय समिति बनाउने लगायतका बिषयमा साझा रणनीति बनाउनेलगायतका बिषयमा छलफल भईरहेको बताईएको छ।


काँग्रेस सभापति शेरबहादुर देउवालगायत विपक्षी दलका नेताहरु उक्त बैठकमा उपस्थित छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी, जनमोर्चालगायतका दलहरु बिपक्षी दलको बैठकमा सहभागी भई रणनीति बनाउँदै आईरहेका छन् ।