सामाजिक सञ्जाल

समाजमा भएका जनउत्तरदायित्व बिनाको ठूलो स्वतन्त्र समुहलाई सुधार्न निकै कठीन छः डा सुर्यराज आचार्य

१२ जेठ, काठमाडौं । पुर्वाधारविद एवम् राजनीतिक विस्लेशक डा सुर्यराज आचार्यले समाजका जनउत्तरदायित्व बिनाको समुहलाई सुधार्न भने कठीन भएको टिप्पणी गरेका छन् । उनले स्वतन्त्रलाई लक्षीत गर्दै उक्त टिप्पणी गरेको अनुमान लगाउन सकिन्छ ।
उनले राजनीतिमा प्रत्यक्ष संलग्न हुन नचाहने तर राजनीतिक शक्तिको अवाञ्छित अभ्यास गर्ने ठूलै गैरराजनीतिक जमात ठूलो भएको बताउँदै उक्त टिप्पणी गरेका हुन् ।
जनताको चेतनारविवेक जाग्दा नेता सुध्रिन बाध्य हुन्छन् भन्दै पछिल्लो समयमा दलका नेताको गल्ती–कमजोरीका कारण नेता जनआक्रोशको तारो पनि बनेको बताएका छन् ।

उनको ट्वीटः

दलका नेताको गल्ती–कमजोरी छ। नेता जनआक्रोशको तारो पनि बनेका छन्। जनताको चेतनारविवेक जाग्दा नेता सुध्रिन बाध्य हुन्छन।
राजनीतिमा प्रत्यक्ष संलग्न हुन नचाहने तर राजनीतिक शक्तिको अवाञ्छित अभ्यास गर्ने ठूलै गैरराजनीतिक जमात पनि छ। जनउत्तरदायित्व बिनाको यो समुहलाई सुधार्न भने कठीन छ।