प्रदेश 2

मधेस सरकारबाट बाहिरियो एकीकृत समाजवादी

२२ जेठ, काठमाडौँ । मधेस प्रदेश सरकारबाट नेकपा एकीकृत समाजवादी बाहिरिएको छ। आफ्ना मन्त्रीलाई फिर्ता बोलाउँदै एकीकृत समाजवादीले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन पनि फिर्ता लिएको हो।

एकीकृत समाजवादीबाट मन्त्री बनेका संसदीय दलका नेतासमेत रहेका गोविन्द न्यौपाने र राज्यमन्त्रीले मुख्यमन्त्री यादवलाई मंगलबार राजीनामा बुझाएका हुन्।

सरकारमा रहने कि नरहने विषयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल दोधारमा थिए। मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने कार्यक्रम छ। त्यसको अघिल्लो दिन नै एकीकृत समाजवादीले समर्थन फिर्ता लिएको हो।