२४ असोज, काठमाडौँ । नेकपा एमाले ले भोलि पार्टी केन्द्रीय कार्यालयको भवनको शिलान्यास गर्ने भएको छ । कीर्तिपुर नगरपालिका– २ मैत्रीनगरमा रहेको ११ रोपनीभन्दा बढी क्षेत्रफलमा एमाले केन्द्रीय कार्यालय बन्दैछ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । भोलि १२:२५ मिनेटमा पार्टी कार्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको उनले बताए ।
पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।





