प्रदेश 2

मठका हरिणको उद्यानमा व्यवस्थापन

२१ कात्तिक, महोत्तरी । लक्ष्मीनारायण मठमा पालिएका हरिणले अब फराकिलो आफ्नै नामको उद्यान पाएका छन् । मठका हरिणलाई मङ्गलबार मटिहानीमा नवनिर्मित ‘हरिण पार्क’ मा सारेर व्यवस्थित गरिएको हो ।

हरिणका लागि ‘पार्क’ मटिहानी नगरपालिकाको अग्रसरतामा सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले निर्माण गरेको हो ।

मठमा १५ वर्ष पहिले ल्याइएका एक जोडी हरिण बढ्दै गएर अहिले १२ पुगेका छन् । मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार ‘हरिण पार्क’ वन्यजन्तु विशेषज्ञको सुझावका आधारमा विभागले तयार गरेको हो । हरिणलाई उद्यानमा सारिएपछि अवलोकन गर्ने बढेका छन् । यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।