२५ कात्तिक, काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच Alipay+ को नेटवर्कमा रहेका सदस्य वालेटहरु मार्फत NEPALPAY QR मर्चेन्टहरुका QR मा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता अन्तर्गत नेपालमा रहेका NEPALPAY QR तथा यसका interoperable QR को मर्चेन्ट QR मा Alipay+को नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ । चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले आनो डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका NEPALPAY QR तथा यसका interoperable QR मा सजिलै भुक्तानी गर्न सक्नेछन् ।
Alipay+को नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३०० भन्दा बढि acquiring network, ९ करोड भन्दा बढि ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् ।Alipay+ को नेटवर्कमा Alipay China, OCBC, Changipay,Gcash, AlipayHK, Hipay, KakaoPay, TossPay, NaverPay, TnGD, PBB, TrueMoney,Mpay, Tinaba मार्फत अन्तरदेशीयभुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ ।
एनसीएचएलले Alipay+ सँग International Payment Partner का रुपमा आबद्ध भई दुइ नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ती आवश्यक व्यवस्था मिलाइसकेको छ । यस पहल अनुरुप अब एभरेष्ट बैंक सँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ती सम्झौता भएको हो । नेशनल पेमेन्ट स्वीच अन्तर्गतको NepalQR मापदण्ड कार्यान्वयन गर्न, NEPALPAY QR एक स्वतन्त्र QR स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वधार हो । हाल NEPALPAY QR को नेटवर्क मा ८५०,००० भन्दा बढि Interoperable QR समेतका मर्चेन्टहरु आबद्ध रहेका छन् ।
एभरेष्ट बैंकले आफ्ना ३९,१६७ डिलिभरी च्यानलहरु, नेपालमा रहेका १०,०९८ शाखाहरु, नेपालबाहिर रहेका २ वटा शाखा, १३,३५० एटिएमहरु तथा १५,७१९ बिजिनेस करेस्पोन्डेन्टहरु मार्फत आफ्ना१४ लाखग्राहकहरुलाई सेवाप्रदानगर्दै आएको छ । बैंकले NEPALPAY QR २३ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध गरिसकेको छ ।
थप जानकारीको लागि www.nchl.com.np वा www.everestbankltd.com मा जानु ।