समाचार

लामिछाने अझै १३ हिरासतमा, अदालतले दियो अझै थप अनुसन्धान गर्न आदेश

२५ कार्तिक, काठमाडौँ । सहकारी ठगि मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई आज म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासले उनलाई चौथो पटक म्याद थप गर्दै १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । लामिछाने सहकारी ठगी, संगठित अपराधलगायतका आरोपमा लामिछाने गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

लामिछाने यसअघि गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेको बेलामा विभिन्न सहकारीबाट रकम ल्याउन र खर्च गर्नेमा उनको संलग्नता रहेको आरोप छ ।