५ मङ्सिर, युगाण्डा । युगान्डाका प्रमुख विपक्षी नेता किज्जा बेसिग्येलाई बुधबार कम्पालास्थित सैनिक अदालतमा उपस्थित गराइएको छ ।
उनका वकिल इरियास लुक्वागोले एएफपीलाई बताएअनुसार ६८ वर्षीय बेसिग्येलाई हत्कडी लगाएर जनरल कोर्ट मार्सलमा ल्याइएको थियो ।
उनले भने, “बेसिग्येले जनरल कोर्ट मार्सलसमक्ष आफ्नो मुद्दाको विरोध गर्नुभएको र अदालतका अध्यक्षलाई आफू एक नागरिक भएको र सैन्य अदालतमा मुद्दा चलाउन नहुने बताउनुभएको छ।”
बेसिग्येले आफूलाई पक्राउ गरेपछि आफन्तसँग सम्पर्कविहीन भएकाले आफूसँग कानुनी प्रतिनिधि नभएको बताएपछि सुनुवाइ केही समयका लागि स्थगन गरिएको वकिल लुक्वागोले बताए ।
वकिलका रूपमा हामी उनको अधिकारको रक्षाका लागि अघि बढेका थियौं तर उनले हामीलाई यस विशेष मुद्दाको लागि जानकारी गराएको छैनन् । हामीलाई उनले अहिले सामना गरिरहेका आरोपहरूबारे थाहा छैन ।
बिसिग्येकी पत्नी तथा एचआईभी र एड्ससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम युएन एड्सकी प्रमुख विनी ब्यानिमाले केन्याली विपक्षी राजनीतिज्ञ मार्था कारुआको पुस्तक विमोचनका लागि नैरोबी पुगेका बेला शनिबार आफ्ना पतिको अपहरण गरिएको बताएको छन् ।





