११ मङ्सिर, काठमाडौँ । साइबर क्राइम कसुरमा प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।
प्रसाईँका छोरा निराजनले गैरकानुनी थुनामा राखिएको दाबी गर्दै बन्दीपत्यक्षीकरण रिट दायर गरेका थिए । सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश मनोज शर्माको इजलासले प्रसाईँलाई उपस्थित गराउन आदेश दिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनी प्रसाईंले बोलेको भिडियो सार्वजनिक भएपछि ४ मंसिरमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।





