१२ मङ्सिर, पेरिस । इजरायल र लेबनानी लडाकू समूह हिजबुल्लाहबीच बुधबार बिहानदेखि लागू भएको युद्धविराम सम्झौतालाई विश्वका नेताहरूले स्वागत गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र लेबनानबीचको युद्धविरामले इजरायललाई इरान समर्थित लडाकू समूह हिजबुल्लाहको खतराबाट जोगाउने र ‘स्थायी शान्ति’ को वातावरण सिर्जना गर्ने बताएको छन् ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युद्धविरामले तत्कालका लागि हिंसाको अन्त्य गरेको र यो ‘स्थायी शान्ति’ मा परिणत हुने विश्वास व्यक्त गरेको छन् ।
’आजको घोषणाले लेबनानमा जारी युद्ध अन्त्य गर्नेछ र इजरायललाई हिजबुल्लाह र लेबनानबाट सञ्चालित अन्य आतङ्कवादी सङ्गठनको खतराबाट जोगाउनेछ,” अमेरिकी राष्ट्रपति बाइडेन र उनका फ्रान्सेली समकक्षी म्याक्रोँद्वाराजारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ ।
संयुक्त राज्य अमेरिका र फ्रान्सले ‘यो व्यवस्था पूर्णरूपमा कार्यान्वयन सुनिश्चित गर्न’ सहयोग गर्नेछन् र लेबनानी सेनाको ‘क्षमता–निर्माण’ को लागि अन्तर्राष्ट्रिय प्रयासहरूको नेतृत्व गर्नेछन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति बाइडेनलाई युद्धविराम सम्झौतामा सहजीकरण गरेकोमा धन्यवाद दिएको छन् ।
नेतन्याहूको कार्यालयले दिएको जानकारीअनुसार ‘इजरायलले यसलाई लागू गर्न आफ्नो कार्यगत स्वतन्त्रतालाई प्रयोग गर्नेछ भन्ने अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ र बुझाइको नेतन्याहुले प्रशंसा गरेको छन् ।
इजरायलले सम्झौतालाई अनुमोदन गर्नुअघि नेतन्याहूले युद्धविरामको अवधि लेबनानमा के हुन्छ त्यसमा निर्भर गर्दछ र युद्धविरामले इजरायललाई हमासमाथि ‘दबाब बढाउन’ र ‘इरानी खतरा’ मा ध्यान केन्द्रित गर्न अनुमति दिने बताएको थिए ।
लेबनानका प्रधानमन्त्री नजिब मिकातीले युद्धविराम यस क्षेत्रमा स्थिरता कायम गर्ने दिशामा ‘आधारभूत कदम’ भएको बताएको छन् ।
मिकाटीले यसद्धबिराममा फ्रान्स र अमेरिकाको पहलकाका लागि धन्यवाद दिँदै दक्षिणमा सेनाको उपस्थिति लाई मजबुत बनाउन आफ्नो सरकार प्रतिबद्ध रहेको पनि दोहोर्याए ।





