अन्तर्राष्ट्रिय

ईयुद्वारा कडा धुम्रपान विरोधी नियमहरू लागू गर्ने तयारी

१८ मङ्सिर, बेल्जियम । युरोपेली सङ्घ ईयुका देशहरूले खेल मैदान र क्याफे लगायत धेरै बाहिरी क्षेत्रहरूमा धुम्रपानको प्रतिबन्धलाई समर्थन गर्दै कडा धुम्रपान विरोधी नियमहरू लागू गर्ने तयारी गरेका छन् ।

सदस्य राष्ट्रहरूले धुवाँ र वाष्प नियन्त्रण गर्न ब्रसेल्समा ब्लकको २७ राष्ट्रका स्वास्थ्य मन्त्रीहरूको बैठकमा उक्त प्रस्ताव पेश गरिनेछ ।

कूटनीतिक स्रोतहरूका अनुसार यस मुद्दामा राजनीतिक मतभेद भए पनि अनुमोदन हुने सम्भावना बलियो छ ।

यसले सरकारले भविष्यमा धुम्रपानका कारण हुने मृत्यु र रोगलाई कम गर्न खोज्ने नीतिहरूलाई सङ्केत गर्छ ।

सेप्टेम्बरमा युरोपेली आयोगको प्रारम्भिक प्रस्ताव पछिको मस्यौदाले ईयुका देशहरूलाई चुरोटमा प्रतिबन्ध विस्तार गर्न आह्वान गरेको छ ।

उक्त कानुन अन्र्तगत स्विमिङ्ग पूल, समुद्र तट, चिडियाखाना, रूफटप बार र रेस्टुरेन्ट टेरेसहरू लगायत स्थानहरूमा सबै धुम्रपान प्रतिबन्धित हुन्छ ।