१९ मङ्सिर, वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी तथा फक्स न्यूजका पूर्वप्रस्तोता टकर कार्लसनले मस्कोमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग अन्तर्वार्ता लिएको मङ्गलबार घोषणा गरेका छन्।
सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमा गरेको आक्रमणपछि कार्लसन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अन्तर्वार्ताका लागि मस्को जाएको थियो ।
कार्लसनले मङ्गलबार आफ्नो सामाजिक सञ्जाल र वेबसाइटमा प्रकाशित एक भिडियोमा वासिङ्टन र मस्कोबीच बढेको तनावबारे प्रकाश पार्न आफू रूसमा पुगी समसामयिक बिषयमा लाभरोभसँग छलफल भएको बताएका छन् ।
कार्लसनल अन्तवार्ता प्रशारण गर्ने तिथि सावैजनिक नगरिकन भनेका छन्, “हामी भर्खर त्यो अन्तर्वार्ता लिएर आएका छौँ । अन्तवार्ता एकदम आकर्षक र सान्दर्भिक छ छ। यो धेरै चाँडै आउँदैछ।”
कार्लसनले आफुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग अन्तर्वार्ता लिन खोजेको तर अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले रोकेको आरोप पनि लगाए ।





