३ पौस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका साँसद ज्ञानेन्द्र शाहीले आजबाट म सबैलाई माफी माग्दै सार्वजनिक कार्यक्रमहरु र भेटघाट कार्यक्रममा उपस्थित हुन सक्ने छैन भनेका छन् ।
उनले स्टाटस् लेख्दै चनेका छन्, ‘भेटघाट गरौं भन्दै धेरैभन्दा धेरै साथीहरूको फोनहरू आइरहेका छन् र केही साथीहरुले कार्यक्रमहरू पनि राख्नु भएको छ।’
साँसद शाहीले थपेका छन्, ‘आजबाट म सबैलाई माफी माग्दै केही समयका लागि मेरो पारिवारिक स्वास्थ्य स्थितिका कारण म सार्वजनिक कार्यक्रमहरु र भेटघाट कार्यक्रममा उपस्थित हुन सक्ने छैन भन्दै जानकारी गराउदछु।।’