समाचार

पाँच जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस (सूचीसहित) 

१७ पुस, काठमाडौँ । नेपाल प्रहरीका पाँच जना उपरीक्षक (एसएसपी), नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस समितिले आज बढुवाका लागि सिफारिस गरिएका एसएसपीहरूको सूची सार्वजनिक गरेको हो ।

बढुवा समितिको बैठकले डीआईजीहरू ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियालाई बढुवाका लागि सिफारिस गरेको हो ।