अन्तर्राष्ट्रिय

छात्रा शिक्षासम्बन्धी शिखर सम्मेलनमा सहभागी हुन मलाला पाकिस्तान आउने

२६ पुस, इस्लामावाद । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई आफ्नो जन्मथलो पाकिस्तानमा आयोजना हुने छात्रा शिक्षासम्बन्धी शिखर सम्मेलनमा सहभागी हुन इस्लामावाद आउने भएका छन् ।

युसुफजईलाई सन् २०१२ मा पाकिस्तानी तालिवानले गोली हानी हत्या गर्ने प्रयास गरेपछि विदेशमा जीवन विताउँदै आएका छन् । आक्रमणपछि पनि उनले पाकिस्तानी किशोरीहरूको शैक्षिक तथा अन्य अधिकारका लागि आवाज बुलन्द गर्दै आएका छन् तर पाकिस्तानको विरलै मात्र भ्रमण गर्ने गरेका छन् ।

“म विश्वभरका मुस्लिम नेताहरूसँग छात्रा शिक्षासम्बन्धी महत्वपूर्ण सम्मेलनमा सामेल हुन पाउँदा उत्साहित छु,” उनले शुक्रबार एक्समा एक पोस्टमा लेखेका छन् ।

“आइतबार म सबै बालिकालाई विद्यालय जान पाउने अधिकारको रक्षा गर्ने र तालिबानलाई अफगान महिला र बालिकाविरुद्ध गरेको अपराधका लागि किन जवाफदेही बनाउनुपर्छ भन्ने विषयमा सम्बोधन गर्नेछु,” उनले पोस्टमा लेखेका छन् ।

मलाला फन्ड च्यारिटीका प्रवक्ताले उनी व्यक्तिगत रूपमा शिखर सम्मेलनमा सहभागी हुने पुष्टि गरेका छन्।

मुस्लिम समुदायमा बालिका शिक्षामा केन्द्रित रहेर शनिबार र आइतबार राजधानी इस्लामावादमा दुई दिने शिखर सम्मेलन हुनेछ ।