समाचार

कांग्रेस नेता कोइराला र मार्टिनबीच भेटवार्ता

२ माघ, काठमाडौँ । सयुक्त अधिराज्य बेलायतको भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र नेपालको शान्ति प्रक्रियामा भूमिका खेलेको अनमिनका तत्कालीन नेपाल प्रमुख ईयान मार्टिनबीच आज भेटवार्ता भएको छ ।

भेटवार्तामा प्रमुख मार्टिनले नेपालको शान्ति प्रक्रिया अझै नटुङ्गिएकाले जतिसक्दो छिटो यसलाई टुङ्ग्गाउन सुझाव दिएको नेता कोइरालाको सचिवालयले जनाएको छ । साथै उनले यस्ता कुरालाई लामो समयसम्म राख्न नहुने उल्लेख गरेका थिए ।

तत्कालीन समयमा विद्रोहमा रहेको दलसमेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकाले सङ्क्रमणकालीन न्यायलाई टुङ्गाउन पर्ने मार्टिनले जोड दिए ।