समाचार

काँग्रेसले जिल्ला सभापतिहरूलाई दुई दिन प्रशिक्षण दिने

१७ माघ, काठमाडौँ । नेपाली काँग्रेसले आफ्ना ७७ जिल्लाका सभापतिहरूलाई प्रशिक्षण दिने भएको छ । आगामी माघ  २२ र २३ गते  पोखरामा हुने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमका लागि प्रत्येक जिल्लाका उपसभापति समेत सहभागी हुनेछन् ।

काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले दुई दिने कार्यक्रम राखेर जिल्ला सभापतिहरूलाई प्रशिक्षण प्रदान गर्न लागेको हो। सो प्रशिक्षण कार्यक्रममा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायत पदाधिकारीहरू उपस्थित हुने बताइएको छ। साथै प्रशिक्षण विभागका अन्य सदस्यहरू पनि सहभागी हुने छन् । 

काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको केन्द्रको प्रमुख उपसभापति खड्का रहेका छन् ।