२१ माघ,रुपन्देही। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शक्ति नभएकाहरूले नै सरकार ढल्छ भन्ने हल्ला गरिरहेको दाबी गरेका छन्। आज रुपन्देहीको बुटवलमा नेपाल पत्रकार महासङ्घका प्रतिनिधिहरूले आयोजना गरेको छलफल कार्यक्रममा यस्तो बताएका हुन्।
पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै यस्तो जवाफ फर्काएका हुन्। अध्यक्ष दाहालले केही समयअघि देखी सरकार आफैँ ढल्ने भन्दै सरकारको विरोध गर्दै आएका थिए ।
उपप्रधानमन्त्री पौडेलले पछिल्ला दिनमा सरकार ढल्छ भन्ने विषय कम सुनिन थालेको बताउँदै जसको सरकार ढाल्ने शक्ति हुँदैन उसले सरकार ढल्छ भन्दै हिँड्न नसुहाउने बताएका हुन्। वर्तमान सरकारले निक्कै अप्ठ्यारो परिस्थितिमा आएको उनको भनाइ थियो।