समाचार

गृहमन्त्रीको राजीनामा माग्दै ‘नो केबलकार समूह’ ले गर्‍यो काठमाडौँमा प्रदर्शन 

२१ माघ, काठमाडौँ । गृहमन्त्रीको राजीनामा माग्दै ‘नो केबलकार समूह’ ले काठमाडौँमा पनि प्रदर्शन गरेको छ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा देखिएको विवादको विषयलाई लिएर माइतीघर मण्डलामा विभिन्न प्लेकार्डसहित ‘नो केबलकार समूह’ प्रदर्शनमा उत्रेको हो। 

प्रदर्शनमा उत्रिएका आन्दोलनरत पक्षले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरेका छन्। उनीहरूले ‘असक्षम गृहमन्त्रीले राजीनामा दे, नो केबलकार, हजारौँ प्रजातिका रुखहरू काट्ने विकास चाहिँदैन, सिडिओ लगायत दोषीलाई कारबाही गर, गिरफ्तार नागरिकलाई रिहाइ गर, मुक्कुम्लुङमा राज्य आतङ्क बन्द गर’ लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए। 

ताप्लेजुङको पाथीभरा क्षेत्रमा गत माघ १२ गते प्रहरीसँग भएको झडपका क्रममा दुई जनालाई गोली लागेको थियो । त्यसयता केबलकार विरोधी समूहले बन्द लगायतका आन्दोलन चर्काउँदै आएका छन्।