समाचार

सभामुखले बोलाए प्रमुख सचेतक र मुख्य सचेतकहरूको बैठक

२३ माघ, काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र मुख्य सचेतकहरूको बैठक बोलाएका छन् । भोलि प्रतिनिधिसभाको बैठकमा बस्नु अघि सरकारले ल्याएका अध्यादेशलगायतका विषयमा छलफल गर्न प्रमुख चार दलका प्रमुख सचेतक र मुख्य सचेतकहरूको बैठक बोलाइएको हो ।

बैठक आज दिउँसो तीन बजे सिंहदरबारमा बस्ने छ। सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दलहरूले चर्को विरोध गर्दै त्यसलाई अस्वीकार गर्ने बताइसकेका छन्।

बैठकमा काँग्रेसबाट संसदीय दलको प्रमुख सचेतक श्याम घिमिरे, एमालेबाट महेश  बर्तौला, माओवादीबाट हितराज पाण्डे, रास्वपाबाट सन्तोष परियार र राप्रपाबाट ज्ञानेन्द्र शाही सहभागी हुनेछन् ।

प्रतिनिधिसभाको बैठक भोलि बिहीबारको बस्दै छ।