२३ माघ, काठमाडौं । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँग टेलिफोन संवाद गरेका छन् । यसबारे परराष्ट्रमन्त्रालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो।
फोन वार्ताको क्रममा राष्ट्रपति हर्जोगले इजरायलले नेपाली विद्यार्थी विपिन जोशीसहित हमासले बन्धक बनाएकाहरुको उद्धारका लागि सबै प्रयास गरिरहेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मंगलबार अपराह्न राजदूत पण्डितले त्यहाँका राष्ट्रपति हर्जोगसँग संवाद गरेको परराष्ट्रमन्त्रालयले विज्ञप्ति जारी गरेर बताएको छ।
प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा आक्रमण गर्दा बङ्करमा लुकेर बसेका १६ नेपाली मध्ये १० जना मारिएका थिए। बाकी विद्यार्थीहरूलाई सरकारले विशेष विमानमार्फत उद्धार गरेर काठमाडौँ ल्याएको थियो भने हमासले विपिन जोशीलाई बन्धक बनाएको थियो।
हमासले गाजा क्षेत्र नजिक किबुज अलुमिममा २०८० असोजमा आक्रमण गरेको थियो।