समाचार

अध्यादेशबारे प्रमुख चार दलका प्रमुख सचेतकहरूसँग सभामुखको छलफल

२३, माघ, काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षीका प्रमुख सचेतक र मुख्य सचेतकहरूसँग छलफल गरेका छन्।भोलि प्रतिनिधिसभाको बैठकमा बस्नु अघि सरकारले ल्याएका अध्यादेशलगायतका विषयमा छलफल गर्न प्रमुख चार दलका प्रमुख सचेतक र मुख्य सचेतकहरूसँग सभामुखले छलफल गरेका हुन्। 

सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दलहरूले चर्को विरोध गर्दै त्यसलाई अस्वीकार गर्ने बताइसकेका छन्। प्रतिनिधिसभाको हिउँदे अधिवेशन माग १८ गतेबाट सुरु भएको थियो। दोस्रो बैठक भोलि २४ गते बिहीबार बस्दै छ ।

अहिले प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेस भएका छन् । सभामुखले सत्ता पक्ष र प्रतिपक्षसँग समन्वय गरेर भोलि बस्ने बैठकमा सदन कसरी चलाउने भन्ने विषयमा छलफल गरेको बुझिएको छ ।