समाचार

भोली प्रमुख प्रतिपक्षी दलका नेता दाहालले संसद् बैठकलाई सम्बोधन गर्ने

२३ माघ, काठमाडौँ । भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहालले सम्बोधन गर्ने भएका छन् । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले समसामयिक विषयमा सरकार प्रतिको आफ्नो धारणा र सुझाव दिने बताइएको छ। 

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार भोलीको बैठकमा दाहालले समसामयिक विषयमा सरकार प्रतिको धारणा र सुझाव दिनेछन्। 

सङ्घीय संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेबाट सुरु भएको थियो भने अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए। सोही दिन दाहालले पनि सम्बोधन गर्ने अड्कल गरे पनि उनले बोलेका थिएनन्।