२४ माघ, काठमाडौँ । काठमाडौँको कमलपोखरीस्थित एक म:म पसलमा ग्याँस सिलिन्डर विस्फोट भएको छ । आज बिहान पौने ९ बजे विस्फोट हुँदा १४ जना घाइते भएका छन् ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार सानदार म:म पसलमा ग्याँस सिलिन्डर पड्किएको हो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये ११ जनालाई अस्पताल लगिएको छ भने घाइतेहरू पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ। तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
घाइते हुनेहरू सबै म:म पसलका काम गर्ने कामदार रहेका छन्। सिलिन्डर विस्फोटपछि घरको सिलिङ भत्किएर खसेको र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ ।