समाचार

लामिछानेविरुद्ध बहस गर्न तीन जिल्लाका सरकारी वकिल चितवनमा 

२४, माघ, चितवन । चितवन प्रहरीको न्यायिक हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको विपक्षमा बहस गर्न ३ जिल्लाबाट सरकारी वकिलहरू झिकाइएको छ ।

चितवनको साहारा सहकारी ठगी मुद्दामा हिजो देखि थुनछेक बहस  सुरु भएको थियो। चितवनका जिल्ला न्यायधिवक्ता रवि न्यौपाने, अमृत सुवेदी, बुद्धबहादुर थापासहित ३ जना सरकारी वकिलले बुधबार बहस गरेका थिए । महान्यायाधिवक्ता कार्यालयले छिमेकी जिल्ला बाराका न्यायधिवक्ता शम्भुकुमार बस्नेत, पर्सा जिल्लाका न्यायधिवक्ता भोलानाथ निरौला र धादिङ जिल्लाबाट दशरथ पङ्गेनीलाई चितवन झिकाएको हो।

तीनै जना सरकारी वकिलले साहारा बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा चितवन अदालतमा परेको लामिछाने विरुद्धको मुद्दामा बहस थालेका छन् । बहस जारी छ। 

सहकारी ठगीको मुद्दामा चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा दोस्रो दिनको बहस अहिले चलिरहेको छ । लामिछानेको तर्फबाट ११ जना वकिलहरूले बहसमा भाग लिने छन्।  थुनछेक बहस सकिएमा आजै निर्णय आउने छ।