२४ माघ, चितवन । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ। चितवन जिल्ला अदालतमा लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस सकिएको हो।
चितवनको साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा लामिछानेविरुद्धको थुनछेक बहस बेलैमा सकिएकोले आजै आदेश गर्ने तयारी गरिएको हो । जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा लामिछानेको थुनछेक बहस भएको थियो।
थुनछेक बहससँगै जवाफी बहस पनि सकिएकोले अदालतले आजै आदेश गर्ने तयारी गरेको हो । कास्की, काठमाडौँ र रुपन्देहीमा रविविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको छ। यी तिनै अदालतबाट लामिछाने धरौटीमा रिहा भइसकेका छन्।




