समाचार

चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक प्रधानमन्त्री निवासमा 

२५ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको बैठक बोलाएका छन् । आज आवासीय चिकित्सकको माग समाधान गर्नका लागि भन्दै  प्रधानमन्त्रीले १६ औँ बैठक आकस्मिक रूपमा डाकेका हुन् ।

 प्रधानमन्त्री ओली चिकित्सा शिक्षा आयोगको अध्यक्ष समेत रहेका छन्। बैठक केही बेरमा बालुवाटारमा बस्ने छ। उक्त बैठकमा आवासीय चिकित्सकको उठाएका माग र पिजी सिटको बारेमा छलफल हुने बताइएको छ। 

यसै विषयलाई लिएर केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षामन्त्री विद्या भट्टराई, स्वास्थ्य मन्त्री प्रदीप पौडेल, वरिष्ठ चिकित्सक र आवासीय चिकित्सकका प्रतिनिधिहरूसहित छलफल भएको थियो ।